२०८३ साउन २१ गते बिहीबार

सामाजिक सञ्जालमा नकरात्मकता फैलाउँदै व्यवस्थामाथि नै प्रश्न खडा भएको मुख्यमन्त्रीको टिप्पणी

सामाजिक सञ्जालमा नकरात्मकता फैलाउँदै  व्यवस्थामाथि नै प्रश्न खडा भएको मुख्यमन्त्रीको टिप्पणी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १९ गते मंगलबार ०२:०९

यातायात सेवा व्यवस्थापन, समस्या तथा चुनौति र समाधानका उपायबारे भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सकरात्मक पाटो नगर्ने तर नकरात्मक पाटोलाई फैलाउने काम भइरहेको बताएका छन् ।

प्रदेशले काम गर्न सक्ने अझै कतिपय कानुनै नआएको भनाइ

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा अहिले नकरात्मक सन्देशमात्र फैलाएर व्यवस्थामाथि नै प्रश्न खडा गर्ने का भइरहेको बताएका छन् । सकरात्मक दृष्टिकोण राखेर सुझाव दिने भन्दा पनि जेमा पनि विरोधैमात्र गर्ने र नकरात्मक टिप्पणी गर्ने काम भइरहेको मुख्यममन्त्री बताएका छन् ।

यातायात सेवा व्यवस्थापन, समस्या तथा चुनौति र समाधानका उपायबारे भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सकरात्मक पाटो नगर्ने तर नकरात्मक पाटोलाई फैलाउने काम भइरहेको बताएका छन् । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले गरेको अन्तरक्रियामा पाण्डेले सामाजिक सञ्जाल हेर्दा ९९ प्रतिशतले नकरात्मक टिप्पणी गरेको पाएकोे सुनाए ।

यातायात तथा विकासको क्षेत्र विस्तारै व्यवस्थित गर्दै लैजाने प्रयत्न गरिएको भन्दै मुख्यमन्त्री पाण्डेले सुझावभन्दा सामाजिक सञ्जालहरुमा मानिसहरुले खुट्टै भाँच्नुपर्छ भन्ने खालेको मानसिकता देखिएको दुखेसो पोखे ।

मुख्यमन्त्री पाण्डे यातायात क्षेत्र सुधारका लागि कार्यदल बनाएर अगाडि बढिने बताउँदै यो व्यवस्था बलियो बनाउनका लागि सकरात्मक भएर अगाडि बढ्न आग्रह गरे । प्रदेश सरकारले अहिले पनि कानुन नबनेका कारण बाध्यकारी अवस्थामा रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । प्रदेशमा अहिले पनि प्रहरी नपाएको र सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा धन्न प्रहरी अधिकारीले मानिदिएका कारण सहज भएको पाण्डेले सुनाए । प्रधानमन्त्रीले अन्तर प्रदेश मुख्यमन्त्री बैठकमा प्रहरी समायोजन गर्ने प्रतिवद्धा जनाएको मुख्यमन्त्री पाण्डेले बताए ।

यातायात क्षेत्र प्रदेशको एकल अधिकार भए पनि संघका कारण पूरा अधिकार प्रयोग नपाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले बताए । यातायात क्षेत्र सुधारका लागि सबै क्षेत्रसँग बृहद छलफल गरेर कार्यदल बनाइने उनको भनाइ थियो ।

प्रकाशित मिति २०८० असार १९ गते मंगलबार ०२:०९
हजुरको प्रतिक्रिया