पोखरा
उपभोक्ता समिति अध्यक्षमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष राम गुरुङ रिहा भएका छन् । उनी ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष गुरुङले काम समयमै नकसकेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि हातपात गरेका थिए ।उपभोक्ता समिति अध्यक्षमाथि हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले गुरुङको राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसपछि उनी आफैं प्रहरीमा हाजीर भएका थिए ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ वडा जोड्ने गरी बनेको उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो । माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ जोड्ने उक्त सडक स्तरोन्नति गर्न वडा नं. ७ का अमृत भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए ।
प्रकाशित मिति २०८० असार २४ गते आइतबार १२:४४



