२०८३ साउन २१ गते बिहीबार

चराविद् कृष्णप्रसाद भुसालको गिद्ध ‘प्रकृतिका कुचिकार’ किताब सार्वजनिक

चराविद् कृष्णप्रसाद भुसालको गिद्ध ‘प्रकृतिका कुचिकार’ किताब सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ३० गते शनिबार ०७:०७

किताबको शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच चरा र पर्यावरणका क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तिहरुले लोकापर्ण गरे ।

पोखरा

चराविद् कृष्णप्रसाद भुसालद्वारा लिखित ‘गिद्ध प्रकृतिका कुचिकार’ नामक किताब पोखरामा सार्वजनिक गरिएको छ । लामो समयदेखि गिद्ध संरक्षणमा लागेका भुसालले गिद्धका प्रजाति, यसको महत्व र आफ्ना अनुभव संगालेर किताब प्रकाशन गरेका हुन् ।

किताबको शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच चरा र पर्यावरणका क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तिहरुले लोकापर्ण गरे । चराविद् भुसालले नेपालले गिद्धबारे राम्रो अभिलेखको आवश्यकता महसुस गरेका कारण किताब लेखेको बताए । उनले नयाँ पुस्तालाई गिद्धबारे थाहा दिन र यसको संरक्षणमा सचेतना गराउन किताब प्रकाशित गरेको सुनाए । उनको किताबमा गिद्धको परिचय, लोप हुनुका कारण, संरक्षणको आवश्यकताबारे विस्तृत रुपमा लेखिएको छ ।

भुसालले किताबको मूल्य ५ सय ५० राखेका छन् । किताब बिक्रीबाट संकलित रकम गिद्धबारे शोधपत्र लेखनका लागि विद्यार्थीलाई सहयोग गरिने बताए ।

 

प्रकाशित मिति २०८० असार ३० गते शनिबार ०७:०७
हजुरको प्रतिक्रिया