२०८३ कात्तिक ११ गते मंगलबार

भारतको चन्द्रयान-३ चन्द्रमामा, रच्यो इतिहास

भारतको चन्द्रयान-३ चन्द्रमामा, रच्यो इतिहास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ६ गते बुधबार ०७:०४

यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ ।

नयाँदिल्ली 

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ।

यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो । चन्द्रयान–३ को अवतरणपछि प्रधानमन्त्री मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) को नियन्त्रण कक्षमा उपस्थित र सम्पूर्ण भारतीयहरूलाई बधाई दिँदै ‘भारत अब चन्द्रमामा पुगेको’ बताए ।

गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो । चन्द्रयान–३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ । पानीको स्रोतकारूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन् । चन्द्रयान–३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ ।

यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।

प्रकाशित मिति २०८० भदौ ६ गते बुधबार ०७:०४
हजुरको प्रतिक्रिया