२०८३ साउन २१ गते बिहीबार

तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु

तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ७ गते बिहीबार ०८:२८

मृतक ७ जना मध्ये एक जना नेपाली र ६ जना भारतीय नागरिक हुन् ।

बारा

काठमाडौंबाट जनकपुर जाँदै गरेको बस बाराको चुरियामाईनजिकै दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । भारतीय तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।

मृतक ७ जना मध्ये एक जना नेपाली र ६ जना भारतीय नागरिक हुन् । मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन् ।

घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको र तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति २०८० भदौ ७ गते बिहीबार ०८:२८

हजुरको प्रतिक्रिया