२०८३ साउन २१ गते बिहीबार

पाल्पा जिप दुर्घटनाः ३ जनाको मृत्यु

पाल्पा जिप दुर्घटनाः ३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १३ गते बुधबार ११:४५

पोखरा पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल छन् । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज...

पोखरा

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल छन् ।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० भदौ १३ गते बुधबार ११:४५
हजुरको प्रतिक्रिया