नेपाल राष्ट्र बैंकले मंगलबार अर्थात भोलिदेखि २५ गतेसम्मका लागि बैंकहरूकाे सबै शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजश्व तिर्न करदाताहरुलाई सहज होस भनेर यस्तो निर्देशन दिएको जानकारी दिएको छ ।
अहिले काठमाडौं उपत्यकासहितका देशभरका धेरै ठाउँमा बन्दाबन्दी कायमै छ । बन्दाबन्दी कायम भए पनि सरकारले राजश्व तिर्नका लागि भदौं २५ गतेसम्म समयसीमा दिएका कारण करदाताहरु कर तिर्न जाने भएकाले यस्तो निर्देशन गरिएको हो । तर सधैका लागि भने होइन । राष्ट्र बैंकका अनुसार यो निर्देशन भदौं २५ गते अर्थात आगामी बिहीबार सम्मका लागि हो ।
राष्ट्र बैंकको यो निर्देशनसँगै काठमाडौं उपत्यकाका सबै बैंकका शाखा कार्यालयहरु तथा विभिन्न कार्यालयहरुमा रहेका काउन्टरहरु समेत खुला हुने भएका छन् । काठमाडौं उपत्यकाबाहिर पनि राजश्व संकलन हुने ठाउँका सबै शाखा कार्यालयहरु खुला हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।
यसअघी बैंकहरूले पालो मिलाएर शाखाहरू खाेलेर सेवा प्रदान गरिरहेका थिए ।





