२०८३ कात्तिक ११ गते मंगलबार

पोखरा र गण्डकी टोस्टमास्टर क्लबको संयुक्त बैठक सम्पन्न

पोखरा र गण्डकी टोस्टमास्टर क्लबको संयुक्त बैठक सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १६ गते शनिबार ०५:२८

बैठकलाई सम्बोधन गर्दै निर्देशक दत्तले टोस्टमास्टले वाक्कला, नेतृत्व विकास साथै जनसम्पर्कका लागि खेलेको भुमिकाबारे प्रकाश पारेका थिए ।

पोखरा

पोखरा र गण्डकी टोस्टमास्टर क्लबको संयुक्त बैठक सम्पन्न भएको छ । शैक्षिक क्लबको रुपमा संसारभर परिचित टोस्टमास्टर क्लबका एरिया सि फोरका निर्देशक विवेक दत्तको प्रमुख आतिथ्यतामा पोखरामा बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै निर्देशक दत्तले टोस्टमास्टर क्लबले वाक्कला, नेतृत्व विकास साथै जनसम्पर्कका लागि खेलेको भुमिकाबारे प्रकाश पारेका थिए ।

पोखरा टोस्टमास्टर क्लबका अध्यक्ष प्रकाशचन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इच्छुक वक्ताहरुले विविध विषयमा आफ्नो वाक्कलाको प्रस्तुती गरेका थिए ।

जसमध्येबाट उत्कृष्ट फिचर वक्ताका रुपमा प्रकाश रेग्मी र सन्देश शर्मा तथा उत्कृष्ट टेबल टपिक वक्तामा अरबिन श्रेष्ठ विजयी भए ।

कुमार पण्डित क्षेत्रीले संचालन गरेको कार्यक्रमको समापन गण्डकी टोस्टमास्टर क्लबका प्रकाश रेग्मीले गरेका थिए ।

१ सय ४८ देशमा १४ हजार २ सय बढी टोस्टमास्टर क्लब रहेका छन् । जसमा करिब २ लाख ७० हजार टोस्टमास्टरका सदस्य छन् ।

 

प्रकाशित मिति २०८० भदौ १६ गते शनिबार ०५:२८
हजुरको प्रतिक्रिया