२०८३ साउन २१ गते बिहीबार

प्रदेशभर १२५ संक्रमित थपिँदा पाेखराका मात्रै १०७ जनामा काेराेना पुष्टि

प्रदेशभर १२५ संक्रमित थपिँदा पाेखराका मात्रै १०७ जनामा काेराेना पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ७ गते आइतबार ०७:३४

पाेखरा । आइतबार गण्डकी प्रदेशभर कुल ५९१ जनाकाे स्वाब परिक्षण गरियाे । जसमा प्रदेशभर कुल १२५ जना नयाँ संक्रमित फेला परे । परिक्षण संख्याकाे अनुपातमा कम संक्रमित भेटिएकाे आइतबार सिङ्गाे प्रदेशभर १२५ जनामा संक्रमण पुष्टि हुँदा पाेखरा...

के पाेखराकाे अवस्था भयावह बनेकाे हाे ?

पाेखरा । आइतबार गण्डकी प्रदेशभर कुल ५९१ जनाकाे स्वाब परिक्षण गरियाे । जसमा प्रदेशभर कुल १२५ जना नयाँ संक्रमित फेला परे । परिक्षण संख्याकाे अनुपातमा कम संक्रमित भेटिएकाे आइतबार सिङ्गाे प्रदेशभर १२५ जनामा संक्रमण पुष्टि हुँदा पाेखरा महानगरपालिकाका मात्रै १०७ जना संक्रमित भेटिए ।

पछिल्ला केहि दिनकाे अनुपात हेर्ने हाे भने पाेखरामा काेराेना भाइरसकाे संक्रमण दर उच्च रहेकाे छ । काेभिडकै कारण पाेखरा महानगरपालिका र वडा कार्यालयहरूकाे सेवा स्थगित छ । मानिसहरूकाे भिडभाड र चहलपहलमा समेत खासै कमि देखिँदैन ।

पछिल्लाे तथ्याङ्क अनुसार कास्कीमा हालसम्म ४ हजार ६२५ जनामा काेराेना पुष्टि भएकाे छ ।  १ हजार ४५६ जनाले काेराेना जितेर घर फर्किँदा ३ हजार ९८ जना सक्रीय संक्रमित रहेका छन् । काेराेनाकै कारण ७१ जनाले ज्यान गुमाइसकेकाे अवस्था छ । याे जिल्लाकाे तथ्याङ्क भएपनि काेभिडका सन्दर्भमा यसले पाेखरा महानगरपालिकाकाे प्रतिनिधित्व गर्छ । कास्कीभर पाेखरा महानगरपालिका बाहेकका अन्य गाउँपालिकाकाे अवस्था काेभिडका सन्दर्भमा सन्ताेषजनक छ ।

दिनहुँ संक्रमितकाे दर बढ्दै जाने तथा साेहि अनुपातमा मृतककाे संख्या थपिने तर पूर्वाधार तथा सुरक्षा सतर्कताका अन्य उपायहरू अवलम्वन नगर्ने सवालमा राज्य, नीजि क्षेत्र तथा अन्य सर्वसाधारण सवै उत्तिकै जिम्मेवार देखिएका छन् ।

प्रकाशित मिति २०७७ मंसिर ७ गते आइतबार ०७:३४
हजुरको प्रतिक्रिया