२०८३ साउन २१ गते बिहीबार

जन्म दिनमा विद्यालयमा अक्षयकोष स्थापना

जन्म दिनमा विद्यालयमा अक्षयकोष स्थापना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २२ गते शुक्रबार ०८:१७

उनले रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारी र विद्यालयका प्रधानाध्यापक नागेन्द्रराज लामिछानेलाई हस्तान्तरण गरेका थिए ।

पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २८ आरुपाटाका पुष्पराज त्रिपाठीले आफ्नो जन्म दिनको अवसर पारेर जनज्योति माविमा एक लाख एक रुपैंयाँको अक्षयकोष स्थापना गरेका छन् ।

३६ औं जन्म दिनको अवसरमा त्रिपाठीले उक्त रकमको व्याजबाट आउने रकम विद्यार्थीको अतिरिक्त क्रियाकलापमा खर्च गर्ने गरी कोष स्थापना गरेका हुन् । उनले रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारी र विद्यालयका प्रधानाध्यापक नागेन्द्रराज लामिछानेलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडा नम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष विश्वरमण अधिकारी, वडा सदस्य डाल्डादेवी भुजेल, व्यवसायी शम्भुराम पाण्डे लगायतले विद्यालयमा अक्षय कोष स्थापना गर्नु त्रिपाठीको उदाहरणीय कार्य भएको बताए । त्रिपाठीले पोखराको महेन्द्रपुलमा मोबाइलको व्यवसाय गर्दै आएका छन् ।

 

प्रकाशित मिति २०८० भदौ २२ गते शुक्रबार ०८:१७
हजुरको प्रतिक्रिया