२०८३ कात्तिक ११ गते मंगलबार

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ६ गते शनिबार ०४:१७

नेपालले नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा छलफल कुराकानी हुने बताइएको छ ।

काठमाडाैं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता सुरु भएको छ ।

शनिबार विहान अमेरिकाबाट चीन पुगेकाका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताका एजेन्डा भने जानकारी गराइएको छैन । तर, नेपालले नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा छलफल कुराकानी हुने बताइएको छ ।

भेटवार्तापछि प्रचण्डले दुई घण्टा होटलमा आराम गर्ने र आजै १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति २०८० असोज ६ गते शनिबार ०४:१७
हजुरको प्रतिक्रिया