२०८३ साउन २१ गते बिहीबार

आइएसएमटी कलेजमा स्नातक तहमा होटल म्यानेजमेन्ट पढाइ हुने

आइएसएमटी कलेजमा स्नातक तहमा होटल म्यानेजमेन्ट पढाइ हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०६:५२

कलेजमा होटल म्यानेजमेन्टसँगै बीएससी आईटी र बीबीएतर्फका कक्षा पनि सञ्चालित छन् ।

पोखरा

पोखरा महानगरपालिका–१५ मा रहेको आइएसएमटी कलेजले स्नातक तहमा पनि होटल म्यानेजमेन्ट पढाउने भएको छ । युनिभर्सिटि अफ सन्डरल्यान्डबाट सम्बन्धन प्राप्त गरेको कलेजले सन् २०१८ देखि पोखरामा विभिन्न विषयमा स्नातक तहका कक्षा सञ्चालित गरिरहेको छ ।

कलेजमा होटल म्यानेजमेन्टसँगै बीएससी आईटी र बीबीएतर्फका कक्षा पनि सञ्चालन हुनेछ ।

पर्यटकीय शहर पोखरामा होटल व्यवसायका लागि आवश्यक रहेका दक्ष जनशक्तिको अभावलाई मध्यनजर गदै होटल म्यानेजमेन्टको स्नातक तहको कक्षा सुरुवात गरेको हो ।

आइएसएमटी समूह अन्तर्गत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटि अफ सन्डरल्यान्डबाट सम्बन्धन कलेजहरु सञ्चालित छन् ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०६:५२
हजुरको प्रतिक्रिया