२०८३ कात्तिक ११ गते मंगलबार

काठमाडाैमा गाेली चल्याे, एक घाइते, दुइजना पक्राउ

काठमाडाैमा गाेली चल्याे, एक घाइते, दुइजना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २५ गते बिहीबार ०३:०६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-९...

७ राउन्ड गोलीसहित पेस्तोल बरामद

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘लुटेरा समूह आएको जानकारी पाएपछि हामी पुगेका थियौं, चेकजाँचका क्रममा उनीहरुले हतियार निकाले’, उनले भने,’आत्मरक्षाका लागि हामीले पहिले गोली चलायौं । एक जना घाइते भएका छन् ।’

प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका २ का अन्दाजी ३६ वर्षीय अमर घलान घाइते भएका छन् ।
घलानको घुँडामुनि र तिघ्रामा गोली लागेको छ। उनकाे नेसनल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यस्तै, पक्राउ पर्नेमा सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा छन्। उनीहरू चढेका दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

प्रहरीले उक्त समूहबाट ७ राउन्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ।

प्रकाशित मिति २०८० असोज २५ गते बिहीबार ०३:०६
हजुरको प्रतिक्रिया