२०८३ कात्तिक १० गते सोमबार

पाँच जना सवार कैलाश हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त

पाँच जना सवार कैलाश हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १४ गते आइतबार ०३:३१

पाेखरा । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाले कुनै ठूलाे मानवीय क्षति नभएपनि हेलिकाेप्टरकाे अगाडीकाे सिसा फुटेकाे छ भने यात्रु सामान्य घाइते भएकाे गलकोट नगरपालिका वडा नम्बर...

पाेखरा । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाले कुनै ठूलाे मानवीय क्षति नभएपनि हेलिकाेप्टरकाे अगाडीकाे सिसा फुटेकाे छ भने यात्रु सामान्य घाइते भएकाे गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीले बताएका छन् ।कैलाश हेलिकप्टर सर्भिसजको नाइन एनए जेजे हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटमा आकस्मिक अवतरण गरिएको छ ।

हेलिकप्टरमा चालकसहित गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल सवार थिए ।

चरा ठोक्किएपछि हेलिकोप्टरको अगाडिको सिसा फुटेको छ । यस्तै केही यात्रुलाई सामान्य चोट पनि लागेको छ ।

प्रकाशित मिति २०७७ मंसिर १४ गते आइतबार ०३:३१
हजुरको प्रतिक्रिया