२०८३ कात्तिक ११ गते मंगलबार

पोखरामा एटीएम मेसिन फोड्न खोज्न पक्राउ

पोखरामा एटीएम मेसिन फोड्न खोज्न पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २२ गते बुधबार ०६:१७

भारतको विहार प्रदेश मोतिहारी जिलाको ढांका बजार घर भइ कास्कीको पोखरा महानगरपालिका–९ नयाँ बजार बस्ने २० वर्षीय बबि ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा

पोखरमा एटीएम मेसिन फोड्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको विहार प्रदेश मोतिहारी जिलाको ढांका बजार घर भइ कास्कीको पोखरा महानगरपालिका–९ नयाँ बजार बस्ने २० वर्षीय बबि ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
नयाँबजारमा शैलुन सञ्चालन गर्ने बबीले बुधबार राती पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गर्दै गर्दा पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
‘ढोकाको लकर फोडेर मेसिनसमेत तोडफोड गर्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो’, उनले भने । उनको साथबाट एटीएम फोड्न प्रयोग भएको फलामको रड, पेचकस, कपाल काट्ने कैंची र ढुंगा १÷१ थान बरामद गरेको विकले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बबि विरुद्ध चोरी उद्योग मुद्वामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०८० कात्तिक २२ गते बुधबार ०६:१७
हजुरको प्रतिक्रिया