२०८३ साउन २१ गते बिहीबार

नवलपरासीकाे देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपरासीकाे देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

राजु सुवेदी ‘कल्पित’

@Public 4K Tv

२०८० कात्तिक २६ गते आइतबार ०१:००

नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं ९ गोरेघुम्तीमा दुर्घटना भएको हो ।

नवलपरासी

पूर्वी नवलपरासीको देवचुलीमा आईतबार बलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं ९ गोरेघुम्तीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

जिपमा सवार ७ जना मध्ये एक जना गम्भीर घाइते भएकाे डीएसपी पौडेलले बताए ।

प्रकाशित मिति २०८० कात्तिक २६ गते आइतबार ०१:००
हजुरको प्रतिक्रिया