२०८३ असोज २४ गते शनिबार

राजनीति

राष्ट्रपतिले तनहुँ गएर काँग्रेसमा भोट दिएकोमा धन्यवाद दिएः ओली

राष्ट्रपतिले तनहुँ गएर काँग्रेसमा भोट दिएकोमा धन्यवाद दिएः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २ गते शनिबार ०३:४७

एक वर्ष पुग्नुभन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाई सकेको ओलीकाे

राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी

पोखरा
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन्।

राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको आरोप छ ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताए।

संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाई थियो।

ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानु परेको भनी राष्ट्रपति पौडेललाई प्रश्न समेत गरे।

‘‘राष्ट्रपति जाजरकोट किन जानुभएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो। टेलिभिजन हेर्नु भएको थियो। कति घर भत्कियो भनेर सुन्नु भएकै थियो। कति के भयो भन्ने सुन्नुभएकै थियो। त्योभन्दा अगाडि नै खवर आइसकेको थियो–नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाईएन भन्ने आएकै थियो। उहाँ अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरु उहाँहरुलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने। बिरामी छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो। अनि, माओवादी गए भनेर काँग्रेस भएर किन जानु प¥यो राष्ट्रपतिज्यू ?’ ओलीले कटाक्ष गरे, ‘उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन। त्यहाँ काँग्रेस छुट्यो भनेर जानुभयो । म यो किन भन्दैछु भनेर राष्ट्रपतिज्युले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला काँग्रेस भोट दिएकोमा धन्यवाद दिन्छु भन्ने भाषा बोल्नु भयो। काँग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो।’

एक वर्ष पुग्नुभन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाई सकेको ओलीले बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोश व्यक्त गरे।

प्रकाशित मिति २०८० मंसिर २ गते शनिबार ०३:४७
हजुरको प्रतिक्रिया