पोखरा । पोखराकाे प्रतिभा माविले एकदिने विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । प्रतियोगितात्मक प्रदर्शनीमा १ सय ७२ टोली प्रतिष्पर्धामा सहभागी भए ।
प्रदर्शनीमा प्रतिभामा अध्ययनरत कक्षा ४ देखि १२ सम्मका विद्यार्थी सहभागी थिए । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएर प्रदर्शनीमा सहभागी भएकाे माविका प्रधानाध्यापक किरण सापकाेटाले बताए ।
उत्कृष्टमध्ये कक्षागत वर्गिकरण गरी पुरस्कृत गरिने विधालयले जनाएकाे छ । कक्षा ४ र ५ का विद्यार्थीबीचको आविस्कारमा उत्कृष्ट हुनेले ३ हजार, २ हजार र १ हजार क्रमशः पाउनेछन् । कक्षा ६, ७ र ८ का विद्यार्थीबीचको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार पाउनेछन् । कक्षा ९ र १० बीचमध्ये उत्कृष्ट हुनेले ७ हजार ५ सय ५ हजार र ३ हजार पाउनेछ भने ११ र १२ कक्षामध्ये उत्कृष्ट हुनेले २० हजार, १५ हजार र ७ हजार ५ सय तथा सबै उत्कृष्टले मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रदर्शनीको शिक्षा विकास तथा समन्वय एकाई, कास्कीका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव प्राचार्य किरण सापकोटाले प्रतिभामा उपयोग गरी मुलुककै गर्वलायक शैक्षिक संस्था बनाएकोमा उनले खुशी व्यक्त गरे । विद्यार्थी सुसंस्कायुक्त, इमान्दार बन्नुपर्ने भन्दै उनले यही पुस्ताले अब मुलुक समृद्ध बनाउने पनि बताए ।
कार्यक्रममा विद्यालयका निर्देशक बलबहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सिनियर फिजिक्स टिचर मदन लामिछानेले गरेका थिए ।
प्रकाशित मिति २०८० मंसिर २३ गते शनिबार ०६:४९




