२०८३ कात्तिक १० गते सोमबार

विदेशमा मृत्यु हुनेको डरलाग्दो तथ्यांकः गण्डकीमा साउनयता मात्र ७५ जनाको मृत्यु

विदेशमा मृत्यु हुनेको डरलाग्दो तथ्यांकः गण्डकीमा साउनयता मात्र ७५ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ७ गते शनिबार ०८:२७

मृत्यु हुनेममा सबैभन्दा बढी नवरपुलका छन् । नवलपुरमा मात्र ४ महिनामा १६ जनाको मृत्यु भएको छ ।

पोखरा

वैदेशिक रोेजगारीमा क्रममा मृत्यु हुनेको तथ्यांकले डरलाग्दो स्थिति देखाएको छ । गण्डकी प्रदेशमा साउन यतामात्र महिनामै औसत १५ जनाको मृत्यु भएको तथ्यांकले देखाएको हो ।

गण्डकी प्रदेशमा साउनदेखि कात्तिकसम्ममात्र ६५ जनाको मृत्यु भएको सुरक्षित आप्रवासन परियोजना सामीको तथ्यांकले देखाएको छ । मृत्यु हुनेममा सबैभन्दा बढी नवरपुलका छन् । नवलपुरमा मात्र ४ महिनामा १६ जनाको मृत्यु भएको छ भने कास्कीमा ११ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गरेको कार्यक्रममा वैदेसिक रोजगारीका क्रममा मृत्यु हुनेको संख्याले समाजको भयावह स्थिति देखाएको सामी परियोजनाकी प्रदेश कार्यक्रम व्यवस्थापक उमा शर्माले बताइन् ।

पछिल्लो ४ महिनामा स्याङ्जामा ११, बागलुङमा १०, लमजुङ र तनहुँमा ५/५ जना, म्याग्दीममा ३, गोरखामा ३ र पर्वतमा एक जनाले ज्यान गुमाएको शर्माले जानकारी दिइन् । यो अवधिमा ५१ वटा बेपत्ता र उद्धारका घटना भएको उनले बताइन् । विदेश पुगेर १८ जनामा स्वास्थ्य समस्या देखिएको छ ।

शर्माका अनुसार नेपालमा प्रतिबर्ष करिब ५ लाख भन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने तथ्यांक छ । मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारीप्रति आकर्षित भएको उनको भनाइ थियो ।

सीप र पर्याप्त जानकारी तथा सूचना नहुँदा विदेश पुगेको धेरै नेपाली श्रमिकले दुख पाइरहेको र मृत्यु भइसकेपछि नेपाल फकाउन, आर्थिक सहायत, विमा दाबीमा पनि समस्या देखिने गरेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेलले बताए ।

पर्याप्त सूचना र सीपकै अभावले विदेशमा गइसकेपछिसमेत मानिसलाई वस्तुका रुपममा विक्री गर्ने गरिएकोसमेत सुनाए । त्यसका लागि सीप र सचेतना आवश्यक रहेको उनको भनाइ थियो ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार साउनयता औसतमा महिनाको १५ जनाको दरले मृत्युका घटना आइरहेका छन् ।

साउनदेखि कात्तिकसम्म ६५ जना र त्यसयता कम्तिमा थप १० जनाको मृत्यु भएको तथ्यांक आइपुगेको रेग्मीको जानकारी दिए । श्रम स्वीकृती नलिई वैदेशिक रोजगारमा जानेको संख्या पनि उल्लेख्य रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८० पुस ७ गते शनिबार ०८:२७
हजुरको प्रतिक्रिया