२०८३ कात्तिक १० गते सोमबार

पुसको अन्तिम साता पोखरामा ‘वर्डक्याम्प नेपाल’

पुसको अन्तिम साता पोखरामा ‘वर्डक्याम्प नेपाल’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ७ गते शनिबार ०५:०६

माइस पर्यटनको सम्भावना रहेकाले अन्तर्राष्ट्रियस्तरमा प्रचार हुने विश्वासका साथ पोखरामा वर्डक्याम्प गर्न लागेको लोकल लिड निशाल गुरुङले बताए ।

पोखरा

पुसको अन्तिम साता पोखरामा वर्डक्याम्प नेपाल हुने भएको छ । वर्डप्रेस नेपालले पुस २७ र २८ गते छैठौं संस्करणको वर्डक्याम्प नेपाल आयोजना गरेको हो ।

माइस पर्यटनको सम्भावना रहेकाले अन्तर्राष्ट्रियस्तरमा प्रचार हुने विश्वासका साथ पोखरामा वर्डक्याम्प गर्न लागेको लोकल लिड निशाल गुरुङले बताए । क्याम्पमा पोखरा बाहिरका ४ सय स्वदेशी र २५० विदेशीले सहभागिता उनले जानकारी दिए ।

क्याम्पको पहिलो दिन वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी दिइनेछ । दोस्रो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका वक्ताले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गर्ने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अन्तरक्रियात्मक कार्यशालामा व्यावहारिक शिक्षाका अवसरहरू पनि प्रदान गर्ने लक्ष्य राखेको गुरुङले बताए । क्याम्पमा सहभागी हुनलाई ५ हजार रुपैयाँ र २ हजार रुपैयाँ टिकट काट्नुपर्ने उनले जानकारी दिए । हाल ५५० टिकट विक्री भइसकेको छ ।

प्रकाशित मिति २०८० पुस ७ गते शनिबार ०५:०६
हजुरको प्रतिक्रिया