२०८३ साउन २१ गते बिहीबार

प्रस्याङमा भएको कार दुर्घटना अपडेट ः चालक प्रहरी सम्पर्कमा

प्रस्याङमा भएको कार दुर्घटना अपडेट ः चालक प्रहरी सम्पर्कमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ११ गते बुधबार १०:२०

मंगलबार राति ९ः३० बजे चालक आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा ।

पोखराको प्रस्याङमा सवारी दुर्घटनापछि फरार भएका कार चालक प्रहरीको सम्पर्कमा आएका छन् ।

मंगलबार राति ९ः३० बजे चालक आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार कास्कीको माछापुच्छ्र्रे गाउँपालिका वडा नं. २ खादरजुङ्गका ३२ वर्षका भक्तराम गुरुङ प्रहरी सम्पर्कमा आएका हुन् ।

बा–१३ च ३७२१ नम्वरको कारले ठक्कर दिँदा दुई पैदलयात्रीको मृत्यु भएको थियो ।
दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका– ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल रहेका छन् भने अर्का एक जनाको अझै पहिचान खुल्न सकेको छैन ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० पुस ११ गते बुधबार १०:२०
हजुरको प्रतिक्रिया