२०८३ कात्तिक ११ गते मंगलबार

८ जना जुवाडे पक्राउ

८ जना जुवाडे पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २२ गते आइतबार ०६:११

पाेखरा पोखरामा ८ जना जुवाडे पक्राउ परेका छन् । शनिबार साँझ कास्कीको पोखरा महानगरपालिका–१२ चापापानीबाट मैतकुमारी गुरुङको घरमा छापा मारेको प्रहरीले जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । ५२ वर्षीय मैतकुमारीसँगै...

पाेखरा

पोखरामा ८ जना जुवाडे पक्राउ परेका छन् ।

शनिबार साँझ कास्कीको पोखरा महानगरपालिका–१२ चापापानीबाट मैतकुमारी गुरुङको घरमा छापा मारेको प्रहरीले जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

५२ वर्षीय मैतकुमारीसँगै रामबजारकी ५० वर्षीय पञ्चमाया गुरुङ, शिशुवाका ४० वर्षीय गोपि गुरुङ, फूलबारीकी ५२ वर्षीया पूर्णिमा गुरुङ, ४१ वर्षीय धुतप्रसाद गुरुङ, दीपकी ४६ वर्षीया रुपा गुरुङ, रानीपौवाकी कृष्णमाया थापा र देवीबहादुर गुरुङ छन् ।

उनीहरुको साथबाट नगद १ लाख ३५ हजार ९८५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियाअगाडि बढाएको उनले जानकारी दिए ।

प्रकाशित मिति २०८० पुस २२ गते आइतबार ०६:११
हजुरको प्रतिक्रिया