२०८३ कात्तिक १० गते सोमबार

नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक जना गम्भिर घाईते

नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक जना गम्भिर घाईते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ६ गते शनिबार ०९:४७

थापाले आगो ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

कावासोती ।

नवलपुरमा आगो ताप्ने क्रममा आगोले पोलेर एक महिला गम्भिर घाईते भएकी छिन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ प्रसौयाकी ८० वर्षिय खिन्दुदेबी थापाले आगो ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

आफ्नै घरमा आगो ताप्ने क्रममा दिउँसो ३ बजेतिर शरिरमा आगो लागेको र थापाको शरिरको पछाडी कम्मर मुनीको भाग र बाँया हात जली उपचारको लागी भैरहवा मेडिकलमा लगिएको जनाईएको छ । उनको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

नवलपुरमा केही दिन देखी जाडो बढिरहेको छ ।

प्रकाशित मिति २०८० माघ ६ गते शनिबार ०९:४७
हजुरको प्रतिक्रिया