२०८३ कात्तिक ११ गते मंगलबार

यस वर्षको एसईईको तालिका सार्वजनिक

यस वर्षको एसईईको तालिका सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ९ गते मंगलबार १०:५९

यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् ।

काठमाडौं ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ ।

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।

यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् ।

हेर्नुहाेस्, परीक्षा तालिका:

प्रकाशित मिति २०८० माघ ९ गते मंगलबार १०:५९
हजुरको प्रतिक्रिया