२०८३ कात्तिक ११ गते मंगलबार

पोखरामा एनएमबी बैंकको एटिएम फोड्न खोज्ने टिकाराम पक्राउ

पोखरामा एनएमबी बैंकको एटिएम फोड्न खोज्ने टिकाराम पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १५ गते सोमबार ०९:०५

पोखराको जिरोकिलोमटिरस्थित एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

पोखरा

पोखरामा बैंकको एटीएम मेसिन तोड्न खोज्ने एक युवक पक्राउ परेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ घर भइ हाल पोखराको विरौटा बस्ने २७ वर्षीय टिकाराम पौडेल (राजकुमार) लाई प्रहरीले पक्राउ गरेको हो ।

पोखराको जिरोकिलोमटिरस्थित एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

गएराती वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्वामा ७ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाएको डिएसपी विकको भनाइ छ ।

प्रकाशित मिति २०८० माघ १५ गते सोमबार ०९:०५
हजुरको प्रतिक्रिया