२०८३ साउन २१ गते बिहीबार

कास्कीमा लागुऔषधको जोखिम बढ्दै

कास्कीमा लागुऔषधको जोखिम बढ्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २५ गते बिहीबार ०१:०५

पोखरा ‘कास्कीमा लागु औषधको विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया भएको छ । बुधबार वडा प्रहरी कार्यालय बैदाममा अन्तरक्रिया कार्यक्रम भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ सँग जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी...

पोखरा

‘कास्कीमा लागु औषधको विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया भएको छ ।

बुधबार वडा प्रहरी कार्यालय बैदाममा अन्तरक्रिया कार्यक्रम भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ सँग जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामले सहकार्य गर्दै कार्यक्रम गरेका हुन् ।

अन्तरक्रियामा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले कास्की लागुऔषधका दृष्टिले जोखिममा रहेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै ७७ मुद्वा लागुऔषध सम्बन्धका दर्ता भएका छन् ।

‘तथ्याङ्कभन्दा पनि बाहिर लागुऔषधका समस्या छन्’, उनले भने ।

लागुऔषधको प्रयोगलाई न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय कास्की जिम्मेवारपूर्वक लागेको डिएसपी विकको भनाइ छ ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाइड क्षेत्रमा विदेशी पाहुनाको चहलपहल हुने भएकाले लागुऔषधको जेखिम बढी रहेको बताए ।

समाजमा हिंसा बढाउने भएकाले सचेतना फैलाउन स्थानीय सरकारले भुमिका खेल्ने उनको भनाइ छ ।

अन्तरक्रियामा लागु औषध न्युनिकरणमा सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिकोसमेत सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति २०८० माघ २५ गते बिहीबार ०१:०५
हजुरको प्रतिक्रिया