२०८३ साउन २१ गते बिहीबार

निर्मला हत्यामा नेकपा कार्यकर्ता संलग्न भएकाे हुनसक्ने देउवाकाे आशंका

निर्मला हत्यामा नेकपा कार्यकर्ता संलग्न भएकाे हुनसक्ने देउवाकाे आशंका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २९ गते सोमबार ०३:४४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय हुँदासम्म अपराधी पक्राउ नपर्नुमा सरकार दाेषी रहेकाे बताएका छन् । उनले भने, शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म हत्यारालाई...

प्रधानमन्त्री ओली राजावादीसँग मिले- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय हुँदासम्म अपराधी पक्राउ नपर्नुमा सरकार दाेषी रहेकाे बताएका छन् ।
उनले भने, शून्य सहनशीलता भन्ने मान्छेले अहिलेसम्म हत्यारालाई पक्राउ गरेको छैन । उसको पार्टीको मान्छेकाे संलग्नता छैन भने किन पक्राउ गर्दैन ?’

सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागिपनि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

उनले अघि भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’

उनले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गरे । तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै उनले भने, आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

सरकार भ्रष्टाचार र बलात्कारका घटना बढेको उनको आरोप छ । आफूले प्रधानमन्त्रीलाई कोरोनाविरुद्धको लडाइँमा विना शर्त सहयोग हुन्छ भनेको स्मरण गर्दै कांग्रेस सभापति देउवाले भने, तर कोरोनामा पनि भ्रष्टाचार गर्ने काम गरेका छन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कोरोनाको जोखिम रहेको बेला यसरी जनता भेला गर्ने, दुःख दिन नचाहेको तर बाध्य भएर विरोधसभा गरेको भन्दै क्षमा मागे ।

प्रकाशित मिति २०७७ मंसिर २९ गते सोमबार ०३:४४
हजुरको प्रतिक्रिया