२०८३ कात्तिक ११ गते मंगलबार

भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद

भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ३ गते बिहीबार ०९:४६

काठमाडाैं । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले आज फैसाल सुनाएको छ । विशेष अदालतले उक्त मुद्दामा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री...

पूर्वमन्त्रीलाई भने सफाई

काठमाडाैं ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले आज फैसाल सुनाएको छ । विशेष अदालतले उक्त मुद्दामा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, पूर्वमन्त्री चन्द्रदेव जोशीलाई नीतिगत निर्णयमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ ।

त्यसैगरी, तत्कालीन मालपोत अधिकृतहरु कलाधर देउजा, सुरेन्द्रमान कपालीलगायतका कर्मचारी दोषी ठहर भएका छन् । उक्त जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेका रामकुमार सुवेदी, शोभाकान्त ढकाललगायतलाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ ।

त्यसैगरी, कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने भएको छ ।

अदालतले भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।

अनधिकृत मोही खडा गरी सरकारीज ग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको भन्दै गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई समान सजाय तोकिएको हो ।

प्रकाशित मिति २०८० फागुन ३ गते बिहीबार ०९:४६
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४