पोखरा
पब्लिक टेलिभिजनले आफ्नो पहिलो वार्षिकोत्सव पूरा भएको अवसरमा ५ जना कर्मचारीलाई सम्मान गरेको छ ।
उदीयमान कर्मचारी सम्मान टेलिभिजनका प्राविधिक विवेककुमार विश्वकर्मालाई, सर्वोत्कृष्ट अनुशासित कर्मचारीबाट समाचारशाखाका सपना अधिकारी, वर्षोत्कृष्ट संवाददाता अवार्डबाट विनोद ढुंगाना, सर्वोत्कृष्ट समर्पित कर्मचारी अमृतकुमार भट्टराई, स्टाफ अफ दी इएर अवार्डबाट रघुनाथ वाग्ले सम्मानित भएका हुन् ।
उनीहरुलाई टिभीका अध्यक्ष प्रेमप्रसाद भट्ट, पोखरा महानगरका मेयर धनराज आचार्य र जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहनकुमार थापाले सम्मान गरेका हुन् ।
बार्दली मिडिया प्रालिबाट सञ्चालिक पब्लिक फोरके टेलिभिजन दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा मेयर आचार्यले सत्यतथ्य समाचारको खाजीमा टिभीले अग्रणी भूमिका निभाउनुपर्ने बताए ।
उनले प्रविधिले तीव्र फड्को मारिरहेको समयमा टिभीलाई पनि हातहातमै हेर्न मिल्ने गरी सुविधायुक्त बनाउनुपर्ने सुझाए ।
यसैबीच, टिभीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सोमबार दिउँसो पोखरा बन्दै छ ? रात्रिकालीन व्यवसायमा आवद्ध श्रमजीवी महिलाका समस्या र चुनौती विषयमाथि बहस गरिएको थियो ।
प्रकाशित मिति २०८० फागुन ८ गते मंगलबार ११:१५




