२०८३ कात्तिक ११ गते मंगलबार

पोखरामा लागुऔषध नियन्त्रणसम्बन्धी विद्यार्थीलाई सचेतना

पोखरामा लागुऔषध नियन्त्रणसम्बन्धी विद्यार्थीलाई सचेतना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १३ गते आइतबार ०३:२५

पोखरा महानगर वडा नं. ६ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यलय बैदाम, पब्लिक फोरके टेलिभिजन र नवजीवन नेपाल लागुऔषध उपचार तथा पुनस्थापना केन्द्रको सहकार्यमा उक्त सचेतना कार्यक्रम भएको हो ।

पोखरा
पोखरामा लागुऔषध नियन्त्रण गर्न विद्यालय तथा विद्यालयका विद्यार्थीलाई सचेतना दिइएको छ ।

पोखरा महानगर वडा नं. ६ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यलय बैदाम, पब्लिक फोरके टेलिभिजन र नवजीवन नेपाल लागुऔषध उपचार तथा पुनस्थापना केन्द्रको सहकार्यमा उक्त सचेतना कार्यक्रम भएको हो ।

पोखरा–६ बैदाम मा रहेको तालबाराही उच्च मावि र नेसनल इन्भेन्टिभ बोर्डिङ स्कुलमा अध्ययनरत ९ र १० कक्षाका विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतनामूलक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा वडा प्रहरी कार्यालयका बैदाम प्रमुख प्रहरी नायब उपरिक्षक राजेद्र श्रेष्ठले लागुऔषध नियन्त्रण गर्न प्रहरीको प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

यस्तै, नेसनल इन्भेटिभ बोर्डिङ स्कुलका प्रिन्सिपल उमा लामिछानेले विद्यालयस्तरमा हुने यस्ता कार्यक्रमले लागुऔषध नियन्त्रण गर्न ठूलो भूमिका निभाउने बताइन् ।

तालबाराही माविका प्रध्यानध्यापक ताराप्रसाद पोखरेलले लागुऔषध नियन्त्रणमा विद्यार्थीहरुले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताए ।

कार्यक्रममा नवजीवन नेपाल लागुऔषध उपचार तथा पुनस्थापना केद्रका राजेन्द्र ढकाल, वडा सदस्य पवित्रा थापा, बासु बरालले बोलेका थिए ।

कार्यक्रमा करिब १ सय ५० जना विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति २०८० फागुन १३ गते आइतबार ०३:२५
हजुरको प्रतिक्रिया