२०८३ साउन २१ गते बिहीबार

सेती नदीमा बेपत्ता मानबहादुर मृत फेला

सेती नदीमा बेपत्ता मानबहादुर मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १८ गते शुक्रबार ०७:३३

पाेखरा । माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति सेती नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपता...

पाेखरा ।

माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति सेती नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपता भएका थिए ।

पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ पोखरा–१५ पट्नेरी स्थित सेती नदिको ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा तामाङ सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि पोखरा १, दीपमा रहेको सेती सिंचाइ बाँध फागुन १७ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म खोलिएको थियो । तर, उनलाई खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि भेटिएको थिएन ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा १४ गते पोखरा १, कसेरीका गंगा तामाङ मृत फेला परेका थिए । सँगै माछा मार्न गएका ५ जनामध्य तीन जना भने सकुशल रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार ०७:३३
हजुरको प्रतिक्रिया