२०८३ कात्तिक १० गते सोमबार

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस १ गते बुधबार १०:३६

एजेन्सी । नेपालमा बलात्कारीलाइ मृत्युदण्ड दिनुपर्ने माग उठिरहेकाे समयमा पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ। नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको...

एजेन्सी । नेपालमा बलात्कारीलाइ मृत्युदण्ड दिनुपर्ने माग उठिरहेकाे समयमा पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ। नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो । नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ ।

मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफअल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् । पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ । त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ ।

कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ ।

लाहौर घटनापछि बन्यो नयाँ कानुन

आफ्ना दुई बच्चासहित लाहौरतर्फ आइरहेकी एक महिलाको राजमार्गमा सामुहिक बलात्कार भएपछि पाकिस्तानभर त्यसको विरोध भएको थियो ।

घटनाको दोश्रो दिन आफ्ना दुई सन्तानका अगाडि बलात्कृत भएकी महिला पनि घटनाका लागि केही हदसम्म दोषी भएको बयान लाहौरका शीर्ष प्रहरी अधिकारीले दिएपछि पाकिस्तानभर बलात्कारका घटनामा कडा सजायको प्रावधानसहित कानुनको चर्को माग उठेको थियो ।

यध्यपी नयाँ कानुनको आलोचना पनि सुरू भएको छ ।

आलोचकहरूले कानुन अत्यन्तै कडा भएको र यो तयार पार्दा सरकारी अधिकारीहरूले पर्याप्त विचार-विमर्श नगरेको भन्दै आलोचना गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारले यससम्बन्धी अध्यादेशलाई गत महिना स्वीकृति दिएको थियो ।

बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउने पाकिस्तान पहिलो मुलुक भने होइन। विश्वमा इन्डोनेशिया, पोल्यान्ड लगायतका देशले यस्तो कानुन पहिला नै बनाइसकेका छन् ।

त्यहाँ बालबालिका बलात्कार गर्ने व्यस्क मानिसलाई यो सजाय अनिवार्य छ ।

पोल्यान्डले सन् २००९ मा यो कानुन बनाएको भने इन्डोनेशियाले सन् २०१६ मा बनाएको हो ।

प्रकाशित मिति २०७७ पुस १ गते बुधबार १०:३६
हजुरको प्रतिक्रिया