२०८३ कात्तिक ११ गते मंगलबार

कतारमा नेपालीकाे रक्तदान

कतारमा नेपालीकाे रक्तदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २६ गते शनिबार ०३:५९

कतार गण्डकी प्रदेश समन्वय परिषद कतारले वृहत् रक्तदान कार्यक्रम गरेको छ । गण्डकी प्रदेश कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा शुक्रबार रक्तदान कार्यक्रम गरिएकाे हाे । कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर...

कतार

गण्डकी प्रदेश समन्वय परिषद कतारले वृहत् रक्तदान कार्यक्रम गरेको छ । गण्डकी प्रदेश कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा शुक्रबार रक्तदान कार्यक्रम गरिएकाे हाे ।

कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा १ सय २५ जनाको उपस्थिति थियो। जसमध्ये ४५ जनाले रक्तदान गरेकाे रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिए।

पवित्र महिना रमदानको पूर्वसन्ध्यामा मानवीय कार्यस्वरुप ‘रक्तदान नै जीवनदान, रगतको कारणले प्रवासमा कसैले ज्यान गुमाउन नपरोस्’ भन्ने हेतुले रक्तदान आयाेजना गरिएकाे थियाे ।

कतारमा मासिक रुपमा नेपालीले रक्तदान कार्यक्रममा गर्ने गरेको गण्डकी प्रदेश समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष अजय बिसीले बताए ।

प्रकाशित मिति २०८० फागुन २६ गते शनिबार ०३:५९
हजुरको प्रतिक्रिया