२०८३ कात्तिक ११ गते मंगलबार

पाेखरा दरबन्दी भएका प्रहरी निरीक्षक म्याग्दीमा पक्राउ

पाेखरा दरबन्दी भएका प्रहरी निरीक्षक म्याग्दीमा पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २ गते बिहीबार ०२:४८

पाेखरा । जवर्जस्ती गर्भपतन विरुद्धको कसुरमा एकजना प्रहरी निरिक्षक पक्राउ परेका छन् । पोखरास्थित वडा प्रहरी कार्यालय बैदाममा दरबन्दी भएका प्रहरी निरीक्षक पक्राउ परेका हुन । हाल जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत ती...

पाेखरा । जवर्जस्ती गर्भपतन विरुद्धको कसुरमा एकजना प्रहरी निरिक्षक पक्राउ परेका छन् ।

पोखरास्थित वडा प्रहरी कार्यालय बैदाममा दरबन्दी भएका प्रहरी निरीक्षक पक्राउ परेका हुन । हाल जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत ती प्रहरी निरीक्षक अनिच्छुक गर्भपतन गराएको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका प्रहरी निरीक्षक ध्रुव शर्मा अहिले जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा छन् ।

प्रहरीका अनुसार म्याग्दीमा कार्यरत रहँदा सोही ठाउँकी एक युवतीसँग प्रेम सम्बन्ध परी विवाह गरे । उनले १० महिना अघि विवाह गरेका थिए । त्यसपछि उनकी श्रीमती गर्भवती भइन् । शर्माले श्रीमतीलाई गर्भपतन गराउन दवाव दिएको प्रहरीले जनाएको छ ।

शर्माले पर्वतस्थित मेरी स्टोप्स सेन्टरमा श्रीमतीको सहमति बेगर नै गर्भपतन गराएका थिए । गर्भपतन गराइसकेपछि शर्माकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा जाहेरी दिइन् ।

पर्वतमा गर्भपतन गराएका कारण म्याग्दी प्रहरीले उक्त मुद्धा जिल्ला प्रहरी कार्यालय पर्वतलाई पठायो । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई पक्राउ गरेको हो ।

जिप्रका पर्वतका प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले प्रहरी निरीक्षक शर्मालाई पक्राउ गरी जवर्जस्ती गर्भपतन विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति २०७७ पुस २ गते बिहीबार ०२:४८
हजुरको प्रतिक्रिया