२०८३ साउन २१ गते बिहीबार

रोकिएको बसमा कारले ठक्कर दिँदा पोखराका ३ जना घाइते

रोकिएको बसमा कारले ठक्कर दिँदा पोखराका ३ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार १२:११

पोखराबाट दमौलीतर्फ गइरहेको ना ५ ख ५३५९ नम्बरको बसको पछाडीको भागमा सोही दिशाबाट आइरहेको बाग्मती बि एसि ५७४० नम्बरको कार ठोक्किएको थियो ।

पोखरा

तनहुँमा रोकि राखेको बसलाई कारले ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।

शनिबार विहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा दुर्घटना भएको हो ।

पोखराबाट दमौलीतर्फ गइरहेको ना ५ ख ५३५९ नम्बरको बसको पछाडीको भागमा सोही दिशाबाट आइरहेको बाग्मती बि एसि ५७४० नम्बरको कार ठोक्किएको थियो ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विकास त्रिपाठीसँगै सवार पोखरा–१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा–१९ का ३१ वर्षीय सञ्जिव भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

घाइतेको रत्नहरी मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेकोे छ ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार १२:११

हजुरको प्रतिक्रिया