पाेखरा । पोखरा महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका मुख्य तथा भित्रि सडकहरुमा सवारी पार्कीङ् उठाउने गरि दिएकाे ठेक्का प्रकृया हाललाइ राेक्न उच्च अदालत पाेखराले अन्तरिम आदेश जारी गरेकाे छ ।
न्यायधीश नारायण श्रेष्ठकाे एकल इजलासले अब्यवस्थित पार्किङ्गको बिरुद्द गत साेमबारदेखि सडक आन्दोलनमा रहेको जागौ नेपालकाे पक्षमा अन्तरिम आदेश जारी गरेकाे हाे । रिट निबेदन उपर साेमबार अधिवक्ताहरु राजेन्द्रमान श्रेष्ठ, सन्तोष अधिकारि, लिलाबल्लौ न्यौपाने, बिमल प्रसाद लामिछाने , बेद बहादुर बिस्ट , कृष्णकुमार श्रेष्ठ, पुष्पराज पराजुली, राजुराज अधिकारि र सुरेन्द्र थापामगरले बहस गरेका थिए ।
अधिवक्ता राजेन्द्रमान श्रेष्ठ र जागौ नेपाल कास्की संयोजक नारायण हरि तिवारिको तर्फबाट ब्यबस्थित पार्किङ्गको माग सहित आइतबार उच्च अदालत पाेखरामा रिट निबेदन परेको थियो ।
“सडक किनारामा सवारी साधन पार्किङ गर्ने व्यावस्थापन गर्दा, गराउँदा एवमं गर्नुपर्दा सडकमा गुड्ने सवारी साधनको आवागमनलाइ र मानिस आवातजावत गर्नलाइ उल्लेखनिय असर पुग्ने गरि नगर्नु नगराउनु भनि अन्तरिम आदेश रद्ध गरीपाउँ भनी सम्बन्धित पक्षकाे निवेदन परेका वखत पुनर्विचार हुनेगरि प्रस्तुत निवेदनकाे टुँगाे नलागे सम्मकाे लागि उच्च अदालतकाे निमावली,२०७३काे नियम ४२ बमाेजिम विपक्षीहरूकाे नाममा अन्तरिम आदेश जारी गरिएकाे छ ।”
पोखरा महानगर पालिकाका मेयर , प्रमुख प्रशासकीय अधिकृत , राजस्व महाशाखा प्रमुख र साबित्री जेभिको नाममा आदेश जारि भएको हो ।
प्रकाशित मिति २०७७ पुस ६ गते सोमबार ०८:३४




