२०८३ कात्तिक ११ गते मंगलबार

हर्पन खोलामा डुबेर बालकको मृत्यु

हर्पन खोलामा डुबेर बालकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २३ गते आइतबार ०५:१७

मृतक बालकको शव पोष्टमार्टमा लागि पोखरा स्वास्थ्य विज्ञान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

पोखरा

पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङजाको आँधीखोला गाउँपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने १४ वर्षीय सोनम सुवेदी रहेका छन् ।

पोखरा महानगरपालिका–१८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा आइतबार दिउँसो उनी बेपत्ता भएका थिए ।

पौडी खेल्न क्रममा बेपत्ता भएपछि सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको गोताखोरको टोलिले खोजि गरेको थियो । खोजिको क्रममा उनी मृत भेटिएका हुन् ।

मृतक बालकको शव पोष्टमार्टमा लागि पोखरा स्वास्थ्य विज्ञान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति २०८१ वैशाख २३ गते आइतबार ०५:१७
हजुरको प्रतिक्रिया