२०८३ असोज २५ गते आइतबार

फ्लोर क्रस गरेका देवकोटा भन्छन्ः मध्यावधिबाट बचाउन मुख्यमन्त्रीलाई मत दिए

फ्लोर क्रस गरेका देवकोटा भन्छन्ः मध्यावधिबाट बचाउन मुख्यमन्त्रीलाई मत दिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २८ गते सोमबार ०८:०२

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देवकोटालाई निलम्बन गर्ने बताएका छन् ।

पोखरा

गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले मध्यावधिमा जानबाट रोक्नलाई मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएको बताएका छन् ।

माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क) बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले संसदीय दलको ह्विप उल्लंघन गरेर फ्लोर क्रस गर्दै पाण्डेलाई विश्वासको मत दिएका हुन् ।

आर्थिक संकटको बेलामा गण्डकी प्रदेश सभा बचाउने दायित्व भएकाले मुख्यमन्त्रीलाई मत दिएको उनको भनाइ थियो ।

‘मेरो पार्टीको केन्द्र र प्रदेशको निर्णय मुताबिक मैले आज माओवादी केन्द्रले ह्विप जारी गरेतापनि मेरो पार्टी नेपाल समाजवादी भएको कारणले कानुनले दिएको अधिकार बमोजिम नै मतदान गरेको हुँ’, प्रदेश सभा बैठकपछि सञ्चारकर्मीसँग भने ।

आफू नेपाल समाजवादी पार्टीको सांसद भएकाले नेकपा माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने बताउँछन् । देवकोटा भन्छन्, ‘एउटा दलले अर्को दललाई कारबाही गर्दै जाने हो भने त यो राजनीतिक प्रणाली नै खारेज गरे भोन्त । हामी कस्तो राजनीतिक प्रणालीको अभ्यास गर्न खोजिरहेका छौं ?’

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले ह्विपको उल्लंघन गरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । ‘आज ह्विप उल्लंघन गरेको देख्यौं। आजै कारबाहीको प्रक्रिया अगाडि बढ्यो’, उनले भने ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देवकोटालाई निलम्बन गर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा पुगेर स्वदेश फर्किने क्रममा सोमबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग प्रचण्डले निलम्बन गर्ने बताएका हुन् ।

‘गण्डकीमा जस्ले संविधान र कानुनको मान्यता विपरित फ्लोर क्रस गरेकालाई त स्वभाविक रुपमा पार्टीले ह्विप जारी गरिसकेकाले ह्विप तोड्नेलाई कारबाही हुन्छ’, उनले भने ।

प्रकाशित मिति २०८१ जेठ २८ गते सोमबार ०८:०२
हजुरको प्रतिक्रिया