२०८३ साउन २१ गते बिहीबार

गण्डकीले आज बजेट ल्याउँदै

गण्डकीले आज बजेट ल्याउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १ गते शनिबार १२:३३

आगमी वर्षको बजेट चालुको तुलनामा घट्ने अनुमान गरिएको छ ।

बजेट प्रस्तुत गर्न दिउँसो ४ बजे प्रदेश सभा बैठक डाकियो

 

गण्डकी सहित प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८१÷८२ का लागि आज बजेट ल्याउँदैछन् ।

प्रदेश सरकारले असार १ भित्र बजेट ल्याउनुपर्ने संवैधानि व्यवस्था रहेको छ ।

आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न गण्डकीमा दिउँसो ४ बजे प्रदेश सभा बैठक डाकिएको छ । गण्डकी आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले संसदमा बजेट सार्वजनिक गर्नेछन् ।

आगमी वर्षको बजेट चालुको तुलनामा घट्ने अनुमान गरिएको छ । आन्तरिक स्रोतको संकुचन र केन्द्रबाट आएको अनुदान समेत कम भएकाले बजेटको आकार भने खुम्चने सरकारले संकेत गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले चालु वर्षका लागि ३३ अर्ब ४२ करोडको बजेट ल्याएको थियो ।

शुक्रबार मात्रै आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दुई दिन छलफल गरेर पारित गरिएको हो ।

प्रकाशित मिति २०८१ असार १ गते शनिबार १२:३३
हजुरको प्रतिक्रिया