२०८३ असोज २३ गते शुक्रबार

राष्ट्रिय परिचय पत्रको लागि पोखरामा तथ्यांक संकलन शुरु

राष्ट्रिय परिचय पत्रको लागि पोखरामा तथ्यांक संकलन शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २३ गते बिहीबार ०२:४४

पोखरा । पोखरा महानगरपालिकाले राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य शुरु गरेको छ । तथ्यांक संकलन कार्य पोखरा महानगरपालिकाको वडा नं ४ बाट बुधबारदेखि शुरु भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले...

पहिलो चरणमा महानगरका १ देखि ५ सम्मका वडाको तथ्यांक संकलन गरिने

पोखरा । पोखरा महानगरपालिकाले राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य शुरु गरेको छ । तथ्यांक संकलन कार्य पोखरा महानगरपालिकाको वडा नं ४ बाट बुधबारदेखि शुरु भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखेर काम शुरु गरेको छ । वडाध्यक्ष वास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने जानकारी दिए ।

जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको अध्यक्ष बास्तोलाले बताए ।

‘अनेकन परिचय पत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्दैन,’ उनले भने, ’अब पाइने राष्ट्रिय परिचय पत्रमा यी सबै सबै परिचय पत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ ।’राष्ट्रिय परिचय पत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचय पत्रमा भएका विवरणहरु ’रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने छ । पहिलो चरणमा ५ वटा वडाबाट शुरु गरिएको सेवा आईतबारदेखि वडा नम्बर ६ देखि ११ सम्म दोश्रो चरण सुरु गरिनेछ ।

प्रकाशित मिति २०७७ पुस २३ गते बिहीबार ०२:४४
हजुरको प्रतिक्रिया