२०८३ कात्तिक ११ गते मंगलबार

तनहुँ पहिरो अपडेट : पहिरोमा पुरिएका सबैको शव निकालियो

तनहुँ पहिरो अपडेट : पहिरोमा पुरिएका सबैको शव निकालियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २३ गते आइतबार ०९:५६

शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए ।

तनहुँ ।

तनहुँको शुक्लागण्डकी ७ काउरेमा पहिरोले घर पुरिदाँ बेपत्ता भएका ३ जनाकै शव निकालिएको छ ।

शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए ।

मृत्यु हुनेमा घरधनी नेपाली सहित उनका छिमेकीहरू अनिषा बास्तोला र श्याम भण्डारी रहेका छन् ।

हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए ।

पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८१ असार २३ गते आइतबार ०९:५६
हजुरको प्रतिक्रिया