२०८३ असोज २३ गते शुक्रबार

पोखरा उद्योग वाणिज्य संघद्वारा उत्कृष्ट व्यावसायी सम्मानित

पोखरा उद्योग वाणिज्य संघद्वारा उत्कृष्ट व्यावसायी सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २५ गते शनिबार १२:२१

पाेखरा । ३३ औं महाधिवेशनका अवसरमा पोखरा उद्योग वाणिज्य संघले पाेखराका उत्कृष्ट व्यावसायीहरूलाइ पुरस्कार तथा सम्मान प्रदान गरेकाे छ । पोखरा उद्योग वाणिज्य संघले वितवरण गर्ने पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट व्यवसायी सम्मान...

पाेखरा । ३३ औं महाधिवेशनका अवसरमा पोखरा उद्योग वाणिज्य संघले पाेखराका उत्कृष्ट व्यावसायीहरूलाइ पुरस्कार तथा सम्मान प्रदान गरेकाे छ ।

पोखरा उद्योग वाणिज्य संघले वितवरण गर्ने पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट व्यवसायी सम्मान २०७७ बाट विनायक फ्रेस हाउस चिप्लेढुंगा र गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्र सम्मानित भएकाे छ ।

पोखरा उद्योग वाणिज्य संघकाे ३३ औं महाधिवेशन समाराेहकाे उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरेका हुन् ।

संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु,बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको मूल्याङ्कन समितिको सिफारिसमा उनीहरु सम्मानित भएका हुन् ।

यस्तै, लक्ष्मी हाउसद्धारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघबाट संचालित लक्ष्मी विद्यापदकबाट यो वर्ष विविए तर्फ ला ग्राण्डी कलेजका डिक्सन लिम्बु र विविएसतर्फ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी छात्रा सुप्रिया गुरुङ नगद, प्रमाणपत्र र मेडलसहित सम्मानित भए ।

प्रकाशित मिति २०७७ पुस २५ गते शनिबार १२:२१
हजुरको प्रतिक्रिया