२०८३ कात्तिक ११ गते मंगलबार

भरतपुरको सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु

भरतपुरको सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २८ गते शुक्रबार १०:३०

ढुंगा लागेर गम्भीर घाइते भएका चालक विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

ढुंगा लागेर गम्भीर घाइते भएका चालक विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रकाशित मिति २०८१ असार २८ गते शुक्रबार १०:३०
हजुरको प्रतिक्रिया