२०८३ साउन २१ गते बिहीबार

मर्निङ वाकमा निस्केका अधिकारी १६ दिनपछि मृत फेला

मर्निङ वाकमा निस्केका अधिकारी १६ दिनपछि मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २५ गते शनिबार ०१:३०

पाेखरा । विगत १६ दिनदेखि बेपत्ता कास्कीको मादी गाउँपालिका – ५ चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारीको शव बिहीबार फेला परेको छ । अधिकारी १६ दिनपछि बेपत्ता रहेको उनको शव चितेपानीको खोलेटो भन्ने ठाँउमा फेला परेको कास्की प्रहरीले...

पाेखरा । विगत १६ दिनदेखि बेपत्ता कास्कीको मादी गाउँपालिका – ५ चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारीको शव बिहीबार फेला परेको छ ।

अधिकारी १६ दिनपछि बेपत्ता रहेको उनको शव चितेपानीको खोलेटो भन्ने ठाँउमा फेला परेको कास्की प्रहरीले जनाएको छ ।

गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनको शव चितेपानीको कुल पूजा मन्दिरभन्दा तल भेटिएपछि बिहीबार नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार भएको प्रहरीले जानकारी दिएको छ ।

बेपत्ता भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो । धनुवास मावि, मादी ७ छाचोकका पूर्वशिक्षक समेत रहेका अधिकारीका श्रीमती र ३ छोरी छन् ।

प्रकाशित मिति २०७७ पुस २५ गते शनिबार ०१:३०
हजुरको प्रतिक्रिया