७४.९८ प्रतिशत मत खस्याे, मतगणना आइतबार मात्रै
पाेखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि जारी मतदान सकिएकाे छ । संघकाे ३३ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि पाेखरा प्रदर्शनी केन्द्र नयाँबजारमा विहान १० बजेदेखि शुरू निर्वाचन साँझ ६ : ०० बजे सकिएकाे हाे । संघकाे आगामी नेतृत्वका लागि नारायण काेइराला र विन्दु काेइरालाकाे प्यानल चुनावी प्रतिष्प्रर्धामा छन् ।
कुल ३ हजार १५४ मतदाता रहेकाे रहेकाे संघमा २ हजार ३६५ मत खसेकाे छ । कुल मतदाता संख्याकाे ७४.९८ प्रतिशत मत खसेकाे पाेखरा उधाेग वाणिज्य संघका सञ्चार संयाेजक बासु मिश्रले जानकारी दिएका छन् । मत गणना भने भाेली मात्रै हुने उनले जनाए ।
नारायण कोईरालाकाे प्यानललाइ नेपाली कांग्रेस समर्थक व्यावसायीहरूकाे साथ रहेकाे छ भने विन्दु काेइराला स्वतन्त्र उमेदवारका रूपमा मैदान उत्रिएपनि उनलाइ नेकपा र जसपा समर्थित व्यावसायीहरूले साथ दिएकाे बुझिएकाे छ । विन्दु प्यानलमा केहि कांग्रेस समर्थित व्यावसायीहरूकाे पनि साथ रहनसक्ने अनुमान व्यावसायीहरूले गरेका छन् ।
पाेखरा उधाेग बाणिज्य संघकाे आगामी नेतृत्वमा कसले बाजी मार्छ त्यसका लागि भने आइतबार मात्रै टुङ्गाे लाग्ने भएकाे छ । प्रारम्भिक अनुमानमा नारायण काेइरालाकाे प्यानल विजयी हुने विश्वास गरिएपनि विन्दु प्यानल नारायण प्यानलका लागि भारी हुनसक्ने र छ्यासमिसे कार्यसमिति बन्ने सम्भावना धेरै रहेकाे व्यावसायीहरूले अनुमान गरेका छन्
प्रकाशित मिति २०७७ पुस २५ गते शनिबार ०६:२६




