पोखरा
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङले अनलाइन राइड सेयरिङ सेवालाई व्यवस्थित गरिने बताएका छन् ।
गण्डकी प्रदेशमा यातायात व्यवस्थाका समस्या, चुनौती र न्यूनीकरणका उपाय सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले युवाले राइड सेयर एपमार्फत दिएको सेवालाई व्यवस्थित गर्न कार्यविधि ल्याउन सरकारले आन्तरिक गृहकार्य गरिरहेको बताए ।
प्रतिघण्टा ४० किलोमिटर भन्दा बढिको गतिमा हिड्न नपाउने, दुइवटा हेल्मेट अनिवार्य गरिने छ । अनिवार्य करको दायरामा ल्याउने र दुइपांग्रेको रातो नम्बर प्लेटमै भाडामा चलाउन पाउने व्यवस्था गरिने मन्त्री गुरुङले स्पष्ट पारे । दुर्घटनालाई मध्यनजर गदै विमा अनिवार्य गरिने भएको छ । सरकारले सबैलाई व्यवसाय गरेर खाने वातावरण बनाइदिने उनको भनाई थियो ।
मन्त्री गुरुङले भारतिय ठुला सवारीसाधनलाई सिधैं साइड सिनमा जान रोक्नुपर्ने बताए । उनले भारतिय पर्यटकका कारण नै पोखराको पर्यटन क्षेत्र चलायमान भएको बताउदै भारतिय गाडी आउदै पाउदैन भन्न नसकिने स्पष्ट पारे ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले प्रदेशको यातायात सञ्चालन गर्नका लागि सडक संजालको विकासका लागि काम भइरहेको बताए । प्रदेशको ६ सय किलोमिटर सडकलाई चुस्त राख्न २५ प्रतिशत भन्दा बढि बजेट मर्मतका लागि राखिएको उनले जानकारी दिए ।
डिभिजन सडक कार्यालय पोखराका प्रमुख नवराज वास्तोलाले तीन तहका सरकारबिच समन्वयको अभाव रहेको बताए । प्रदेशमा २० हजार किलोमिटर सडकमध्य तीन हजार राष्ट्रिय सडक र १६ हजार किलोमिटर सडक स्थानीय तह मातहतमा रहेको जानकारी दिए ।
प्रदेश ट्राफिक प्रहरी कार्यायका प्रमुख प्रहरी उपरिक्षक भारतिय पर्यटकले रुट परमिट नलिइ आउने गरेको अनुभव सुनाए । उनले ट्राफिक प्रहरीको जरिवाना अनलाइनमार्फत तीर्नुपर्ने बताए । कार्यक्रममा सहभागिले सडक खाल्डाखुल्डी परेको मर्तत नभएको, सडक आयोजना समयमा सम्पन्न नभएको , पोखरा महानगरमा पार्किङको समस्या लगायतका समस्या राखेका थिए ।
प्रकाशित मिति २०८१ साउन ५ गते शनिबार ०८:२६




