वाणिज्य र उधाेगकाे उपाध्यक्षमा कडा प्रतिष्प्रर्धा हुने अनुमान
पाेखरा । आगामी नेतृत्वका लागि भएको पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । जसअनुसार पहिले गणना गरिएकाे कार्यसमिति सदस्यहरूकाे ताजा मतपरिणाम अनुसार नारायण काेइराला प्यानलले अग्रता कायम गरेकाे छ ।
खसेकाे २३६५ मतमा हालसम्म १५८१ मत गणना भएकाे छ । जसअनुसार नारायण काेइराला प्यानलका शाेभा गाैतमले सर्वाधिक १२२५ मत प्राप्त गरेकी छिन् । यस्तै, नारायण प्यानलकै देवेन्द्र केसीले १२१४ मत ल्याएका छन् । साेही प्यानलका कुमारी मुना बास्ताेलाले ११७७ मत, हरिराज पन्तले १०२० मत, दिनेशचन्द्र बास्ताेलाले ९५७ मत, भरत केसीले ९४१ मत, सुदन बहादुर काेइरालाले ९२१ मत, कृति बल्लभ त्रिपाठीले ८९७ मत प्राप्त गरेका छन् ।
यस्तै, स्वतन्त्र रूपमा उमेदवारी दर्ता गरेका उत्तम मान बुद्वाचार्यले ११३७ तथा सुदिप प्रधानाङ्गले १००४ मत ल्याएका छन् ।
नेतृत्वका अर्का प्रत्यासी विन्दु काेइराला प्यानलबाट कार्यसमिति पदाधिकारीका लागि निर्वाचनमा हाेमिएका उत्तम सेवक कार्कीले ६४० मत, पवित्रादेवी गुरूङले ८८२ मत, रामप्रसाद गाैतमले ५६० मत, विनाेद केसीले ६५१ मत प्राप्त गरेका छन् ।
यता, नारायण प्यानलकै ऋषीराम शर्मा भण्डारीले ८८३ मत, रामेश्वर अधिकारीले ८१७ मत ल्याएका छन् । यसरी प्रारम्भिक नतिजालाइ हेर्दा पाेउवा संघकाे आगामी नेतृत्वका लागि नारायण काेइराला प्यानलका कार्यसमिति सदस्यहरूकाे बहुमत पुग्ने देखिन्छ ।
यता, यसअघि सदस्य पदको वस्तुगततर्फ ४ जना विजयी भएका छन् ।
निर्वाचनमा विजयी हुनेहरुमा बालकृष्ण कोइराला, राजेन्द्र गुभाजु, बलराम तिमिल्सिना तथा रुपनारायण भुजेल रहेका छन् । जसमा दुइ जना कांग्रेस समर्थित व्यावसायी विजयी बनेका छन् भने २ जना नेकपा पक्षीय सदस्य विजयी बनेका छन् ।
हिजो सम्पन्न निर्वाचनको मत गणना आज बिहान १० बजेबाट सुरु भएको हो । कुल ३ हजार १५४ मतदाता रहेको संघमा २ हजार ३६५ (७४.९८ ) प्रतिशत मत खसेको थियो ।
प्रकाशित मिति २०७७ पुस २६ गते आइतबार ०४:४८




