२०८३ साउन २१ गते बिहीबार

पाेउवासंघ निर्वाचन- नारायण काेइरालाकाे प्यानल विजयी

पाेउवासंघ निर्वाचन- नारायण काेइरालाकाे प्यानल विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २६ गते आइतबार ०६:४५

पाेखरा । आगामी नेतृत्वका लागि भएको पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । ताजा मतपरिणाम अनुसार नारायण काेइरालाकाे प्यानल विजयकाे सन्निकट देखिएकाे छ । ताजा परिणाम अनुसार वाणिज्य तर्फकाे उपाध्यक्षमा...

उधाेगतर्फका उपाध्यक्ष र एक सदस्यमा चित्त बुझायाे विन्दु काेइराला प्यानलले

पाेखरा । आगामी नेतृत्वका लागि भएको पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । ताजा मतपरिणाम अनुसार नारायण काेइरालाकाे प्यानल विजयकाे सन्निकट देखिएकाे छ ।

ताजा परिणाम अनुसार वाणिज्य तर्फकाे उपाध्यक्षमा विन्दु काेइराला प्यानलका साेभित पाैडेललाइ पराजित गर्दै अर्जुन पाेख्रेलले जीत हात पारेका छन् । पाेख्रलले १४८ मत अन्तरले पाैडेललाइ पराजित गरेका हुन् । पाैडेललाइ नेकपाले समर्थन गरेकाे थियाे ।

उधाेग तर्फकाे उपाध्यक्षमा भने विन्दु काेइराला प्यानलबाट निर्वाचनमा भिडेका गाेकर्ण कार्कीले जीत निकालेका छन् । उनले नारायण काेइराला प्यानलका चिनु कुमारी गुरूङलाइ पराजित गरेका हुन् ।

यता, महासचिवमा समेत नारायण काेइराला प्यानलकै सुरेन्द्रमान विजुक्छेले जीत हात पारेका छन् । उनले विन्दु काेइराला प्यानलका धनिराम बराललाइ पराजित गरेका हुन् ।

यस्तै, काेषाध्यक्षमा समेत विन्दु काेइराला प्यानलका तारानाथ ढुङ्गानालाइ पराजित गर्दै बलराम आचार्यले जीत सुनिश्चित गरेका छन् ।

उपमहासचिवमा समेत काेइराला प्यानलकै केशबबहादुर खत्री विजयी भएका छन् ।

उनले विन्दु सुवेदी प्यानलका गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई हराएका हुन् ।

कार्यसमिति सदस्यहरूमा समेत नारायण काेइराला प्यानलकै बहुमत सदस्यले जीत हासिँल गरेका छन् । दुइजना स्वतन्त्र उमेदवार र एकजना विन्दु काेइराला प्यानलका सदस्य बाहेक अन्य सवै सदस्य पदमा नारायण काेइराला प्यानलकै जीत दर्ता भएकाे छ ।

निर्वाचन आयाेगले यसकाेआधिकारिक घाेषणा गर्न भने बाँकी नै रहेकाे छ ।

कार्यसमिति सदस्य पदका विजेताहरू 

यता, यसअघि सदस्य पदको वस्तुगततर्फ ४ जना विजयी भएका छन् ।

निर्वाचनमा विजयी हुनेहरुमा बालकृष्ण कोइराला, राजेन्द्र गुभाजु, बलराम तिमिल्सिना तथा रुपनारायण भुजेल रहेका छन् । जसमा दुइ जना कांग्रेस समर्थित व्यावसायी विजयी बनेका छन् भने २ जना नेकपा पक्षीय सदस्य विजयी बनेका छन् ।

हिजो सम्पन्न निर्वाचनको मत गणना आज बिहान १० बजेबाट सुरु भएको हो । कुल ३ हजार १५४ मतदाता रहेको संघमा २ हजार ३६५ (७४.९८ ) प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति २०७७ पुस २६ गते आइतबार ०६:४५
हजुरको प्रतिक्रिया