२०८३ कात्तिक ११ गते मंगलबार

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ९ गते बुधबार ०१:०८

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी...

काठमाडौं ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

प्रकाशित मिति २०८१ साउन ९ गते बुधबार ०१:०८
हजुरको प्रतिक्रिया