२०८३ साउन २१ गते बिहीबार

यातायात व्यवसायीको आन्दोलन स्थगित

यातायात व्यवसायीको आन्दोलन स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १४ गते सोमबार ०७:४४

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा ९ सदस्यीय प्राविधिक समिति गठन गरेको छ ।

पोखरा

आइतबार दिनभर सार्वजनिक यातायात ठप्प पारेर सडकमा ओर्लिएका यातायात व्यवसायीको आन्दोलन स्थगित भएको छ ।

गण्डकी प्रदेश सरकार र व्यवसायीबीच आइतबार भएको वार्ताले राइड शेयरिङ आवश्यक छ छैन विषयमा अध्ययन गर्ने प्राविधिक समिति गठनको सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

मुख्यमन्त्री कार्यालयमा भएको वार्ताले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा ९ सदस्यीय प्राविधिक समिति गठन गरेको छ ।

समितिमा यातायात व्यवसायी, राइड शेयरिङका प्रतिनिधि, उपभोक्ता मञ्ज, यातायात मजदूर, ट्राफिक प्रहरी लगायत रहेका छन् ।

समितिले अध्ययन गरेर १५ दिनभित्र राइड शेयरिङ आवश्यक छ छैन सुझावसहितको प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेश गर्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले बताए ।

समितिले प्रतिवेदन पेश गरुन्जेल कुनै पनि आन्दोलनको कार्यक्रम नहुने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०७:४४
हजुरको प्रतिक्रिया